काठमाडौं। गाजामा युद्धविराम गर्नुपर्ने प्रस्तावलाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदबाट पास गरिएको छ। यस लगत्तै इजरायलले आफ्नो प्रतिनिधिमण्डलको अमेरिका भ्रमण समेत रद्ध जनाएको छ।
चीनले राखेको युद्धविरामको प्रस्ताव मतदानबाट टुंगो लगाइएको हो। अमेरिकाले भने यस प्रस्तावमा भएको मतदानमा भाग लिएको छैन। तर युद्धविराम रोक्नुपर्ने पक्षमा बहुमत सदस्यहरुले मतदान गरेकाा छन्।
यसअघि अमेरिकाले ल्याएको यस्तै एक प्रस्तावमा चीन र रुसले भिटो प्रयोग गरेर रोकेका थिए।
चीनले आफूले राखेको प्रस्ताव पास भएकोमा खुसी व्यक्त गरेको छ। यसका लागि अल्जेरिया र अन्य अरब देशले कडा मिहिनेत गरेको भन्दै चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले प्रशंसासमेत गरेका छन्।
गएको अक्टोबर ७ मा इजरायलमा विद्रोही समूह हमासले गरेको आक्रमणपछि गाजामा इजरायली हमलामा अहिलेसम्म ३२ हजार भन्दा बढी मानिसको ज्यान गइसकेको छ ।
प्रतिक्रिया