Developed By Kuldeep Sharma

March 29, 2024

चुनावमा उम्मेदवार छान्न ‘प्राइमरी इलेक्सन’ गरौँ : कांग्रेस महामन्त्री गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले घोषितरूपमा प्यालन बनाएर चुनाव लड्न नपाउने व्यवस्था गर्न प्रस्ताव गरेका छन्।

संवाद यात्राको क्रममा कपिलवस्तु पुगेका महामन्त्री थापाले पार्टी भित्रको गुटबन्दी अन्य गर्नका लागि महाधिवेशन, महासमिति र केन्द्रीय समितिमा प्यालन बनाएर चुनाव लड्न नपाउने व्यवस्था गर्न प्रस्ताव गरेका हुन्।

इलाम २ बाट ७ जना सिफारिस भएर आएको विषयलाई जोड्दै उनले यो प्रस्ताव अघि सारेका हुन्। उनले भने, ‘‘पार्टीको महाधिवेशन, महासमिति, केन्द्रीय समिति कुनै पनि ठाउँमा चुनाव लड्दा कसैले पनि घोषित रूपमा प्यानल बनाएर गुट बनाएर लिस्ट बनाएर चुनाव लड्न नपाउने, जसले निर्वाचन लड्नुपर्ने छ आफैँ लड्छ।’’

उनल उम्मेदवार पनि पार्टीबाट ‘प्राइमरी इलेक्सन’गराएर मात्र छान्नुपर्ने बताएका छन्। ‘‘पार्टीको उम्मेदवार कसले छान्ने? अहिले इलाम २ मा चुनाव हुँदैछ। ७ जना सिफारिस भएर आउनुभएको छ एकजनालाई छानेपछि ६ जनाले ममाथि अन्याय भयो भनिहाल्नुहुन्छ। सभापतिले १९ गते बैठक बोलाउनुभएको छ। त्यसैले शेरबहादुर देउवा र गगनले होइन। त्यहाँकै कार्यकर्ताले उम्मेदवार छान्ने व्यवस्था गरौँ ’’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma