Developed By Kuldeep Sharma

April 2, 2024

आज विश्व अटिजम जागरूकता दिवस

काठमाडौं। आज अप्रिल २, हरेक वर्ष अप्रिल २ मा विश्व अटिजम जागरूकता दिवस मनाउने गरिन्छ। अटिजमको बारेमा सचेतना दिने र अटिजम भएका बालबालिकाको विशेष स्याहारमा जोड दिँदै आज पनि विश्वभरि यो दिवस मनाइदैछ। विश्व अटिजम जागरूकता दिवस सन् २०२४ को नारा #Awareness – #Acceptance – #Appreciation: Moving from surviving to thriving. रहेको छ।

पहिलो पटक अटिजम जागरूकता दिवस सन् २००८ मा मनाइएको हो। संयुक्त राष्ट्र सङ्घको महासभाले अप्रिल २ लाई विश्व अटिजम सचेतना दिवसका रूपमा तोक्न सर्वसम्मतिले मतदान गरेपछि यो दिवस सुरु भएको हो। अटिजम स्पेक्ट्रम डिसअर्डरको बारेमा जागरूकता र समझदारी बढाउन र अटिजम भएका व्यक्तिहरूको समावेशीकरण र स्वीकृतिलाई बढावा दिनका लागि हरेक वर्ष अप्रिल २ मा यो दिवस मनाउने गरिन्छ।

अटिज्म स्पेक्ट्रम डिसअर्डर एएसडी, एक न्यूरोडेवलपमेन्टल समस्या हो। यसले मानिसको सामाजिक अन्तरक्रिया, सञ्चार र व्यवहारलाई असर गरेको पाइन्छ। यसको लक्षण र विशेषताहरू फरक हुने गर्छन। सबैलाई एकै किसिमको लक्षण नदेखिन सक्छ भने कतिपय व्यक्तीमा समान लक्षण पनि देखा पर्छ। अटिजमको लक्षण सामान्यतया बाल्यकालमा नै देखा पर्न थाल्छ।

यसका केहि सामान्य लक्षणहरु
– सञ्चारमा समस्या हुने गर्छ। अटिजम भएका व्यक्तीमा सामाजिक अन्तरक्रिया र कुराकानी गर्न कठिन हुन्छ।
– हिडडुलमा समस्या हुन्छ।
– कतिपय व्यक्तीमा टाउको वा आफुनो शरिर धान्न नसक्ने समस्या हुने गर्छ।
– उनिहरुको बानी व्यवहार वा दिनचर्या दोहोरिरहने खालको हुन्छ।
– उनिहरुको संवेदना र इन्द्रियहरूमा समस्या देखिन्छ
– उनिहरुले एकै किसिमको गतिविधि गर्न रुचाउने र एकै किसिमको वातावरणमा सहज महसुस गर्दछन्।

यी सबै लक्षणहरू एकै व्यक्तीमा देखा पर्छन् भन्ने हुदैन। नेपाल अकाडमी अफ साइकोलोजीले बताएअनुसार व्यक्ती अनुसार लक्षणपनि फरक हुने गर्छन्।

अहिले न्युरोडाइभरसिटिको अवधारणा विश्वभर चर्चामा रहेको अवस्थामा अटिजमलाई समस्या भन्दापनि विविधताको रुपमा लिन जरुरी छ। अधिकांश अटिजम सहितका व्यक्तिहरूले सही अवसर र मार्गदर्शन पाएमा सफल जीवन यापन गर्न सक्षम हुने गरेको पनि देखिएको छ। विश्वमा यस्ता समस्या भएका धेरै अटिजम सहितका व्यक्तिहरू छन् जो सामाजिक तथा व्यवसायीकरणरुपमा आत्मनिर्भर देखिन्छन्।

अटिजम हुनुको कारण यहि नै हो भनेर यकिन गर्न नसकेपनि विभिन्न अनुसन्धानका अनुसार आनुवंशिक र वातावरणीय कारक दुवैको उत्तिकै भूमिका रहन्छ। अहिले सम्म अटिजमको कुनै उपचार छैन तर प्रारम्भिक उपचारले पनि अटिजम भएका व्यक्तिहरूको लागि जीवनको गुणस्तर सुधार गर्न धेरै हदसम्म सहयोग पुग्ने गरेको छ। यसको लक्षणहरू बच्चा जन्मिएको ३ वर्ष भित्र देखिन थाल्छ। यो समस्या छोरीमा भन्दा छोरा मान्छेमा ४ गुणा बढी हुने गरेको अनुसन्धानबाट देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma