Developed By Kuldeep Sharma

April 13, 2024

शुभप्रभात महिला सहकारिको भ्रमण अवलोकन सम्पन्न

काठमाडौं। शुभप्रभात महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सहकारी भ्रमण तथा अवलोकन गरेको छ।

२०७६ सालमा काठमाडौंको टोखा ८ मा स्थापित सहकारीले गोरखाको श्री बारपाक महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अवलोकन गरेको हो। सहकारीको सञ्चालक समिति, लेखा समिती, ऋण समिती र सेयर सदस्यसहित १६ जनाले अवलोकन गरेका छन् ।

अवलोकनका क्रममा परिचय र नयाँवर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको थियो। बारपाक महिला सहकारीका तर्फबाट उपाध्यक्ष मनमाया घलेले स्थापनाकाल देखी हाल सम्मका गतिबिधिहरुलाई सक्षिप्त रुपमा जानकारी गराएकि थिइन्।

सहकारिले कोसेली पसल र मिल व्यवसाय समेत संचालन गर्दै आएको छ। सहकारीका सचिव विष्णु कुमारी विश्वकर्माले सहकारीले संचालन गरेको व्यवसायबाट त्यहाँका बासिन्दाले सुलभरुपमा लाभ लिदै आएको बाताइन्।

अलोकनकर्ता सहकारीको तर्फबाट आफ्ना भनाई राख्दै शुभप्रभात महिला सहकारीकि अध्यक्ष लक्ष्मी खनालले शुभप्रभात महिला सहकारीको स्थापनाकालदेखि हालसम्मको गतिविधि बारे प्रष्ट पारेकी छन्। सहकारीले शुभप्रभात बाल संसार स्कुल स्थापना गरेको समेत बताइन्। साथै बारपाक महिला सहकारीले गरेको आतिथ्यताप्रती आभार व्यक्त गर्दै ब्यवस्थापक बुधकुमारी घले र सम्पुर्ण सहकारी परिवारलाई धन्यवाद दिएकी छन्।

त्यस्तै सचिव कल्पना क्षेत्री अधिकारीले २०७३ सालमा स्थापना भएको बारपाक महिला सहकारी अवलोकन भ्रमण तथा सिकाई आदान प्रदानको लागी महत्वपुर्ण रहेको र यस अवलोकन भ्रमण आफुहरुका लागि पनि फलदायी रहेको बताईन्।

कार्यक्रममा बोल्दै अवलोकनकर्ता सहकारीको तर्फबाट उपाध्यक्ष तारा कुमारी लामिछानेले यस सहकारीका गतिविधिबाट आफुहरुलाई सिकाई भएको भन्दै आगामी दिनमा दुबै सहकारीले एकआपसमा सहकार्य र समन्वय गर्नुपर्ने बताएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma