Developed By Kuldeep Sharma

April 16, 2024

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिँदै

काठमाडौं। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदैछन्। दिउँसो १ बजेका लागि प्रदेश सभा बैठकमा विश्वासको मत लिन लागेको बताइएको छ।

केन्द्रमा समीकरण फेरिएपछि मधेश सरकारबाट चैत ५ गते कांग्रेस बाहिरिएको थियो भने एमाले सहभागी भएको थियो। सरकारबाट बाहिरिएपछि चैत ९ गते कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।

सरकारमा रहेका कुनैपनि दलले समर्थन फिर्ता लिएपछि त्यसको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्। यादवले १५ महिनामा यो चौथो पटक विश्वासको मत लिदैछन्।

१०७ सदस्यीय रहेको प्रदेशसभामा यादवले ५४ सांसदको समर्थन पाउन आवश्यक छ।

एमालेका सभामुखसहित २४, नेपाली कांग्रेसका २२, जसपाको १९, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपाका ९–९, एकीकृत समाजवादीका ७ सांसद, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी पार्टीका १–१ र स्वतन्त्र सांसद एक जना रहेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma