Developed By Kuldeep Sharma

April 19, 2024

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन २४ घण्टा नपुग्दै फिर्ता

काठमाडौँ। प्रदेश प्रमुखबाट संवैधानिक भन्दा राजनीतिक चेतले गरेको निर्णयका कारण सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले मुख्यमन्त्रीको शपथ लिए।

प्रधानमन्त्री प्रचण्ड आफै सक्रिय भएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका नेताहरू र नागरिक उन्मुक्ति पार्टीसहितको सहमति जुटाएर सोडारीलाई मुख्यमन्त्री बन्न सहजीकरण गरेका थिए।

उनको सहजिकरणका कारण बिहीबार मुख्यमन्त्रीले शपथ लिए पनि सुदूरपश्चिमको समस्या भने अझै समाधान हुन सकेको छैन्। विनाविभागीय मन्त्री बनाएर शपथका लागि लिएका प्रदेश सांसद टीका थापाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएकी छिन्।

मन्त्रीको शपथ लिन बिहीबार प्रदेश प्रमुखको कार्यालय पुगेकी उनी मन्त्रालयको टुङ्गो नलागेको भन्दै शपथ नलिई फर्केकी थिइन्। मुख्यमन्त्री दीर्घ सोडारीले मन्त्रालय फुटाएर पछि जिम्मेवारी दिन्छु भनेपछि टीकाले शपथ नलिई सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेकी हुन्। थापाले शपथ लिन नमानेपछि बिहीबार नै स्थिति तनावपूर्ण बनेको थियो ।

नाउपाबाट कैलाश चौधरी भने भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन्। उनले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएका थिए।

नेकपा एमालेले पनि सरकारलाई समर्थन मात्र गरेको छ। सोडारीलाई मुख्यमन्त्रीको रुपमा नस्वीकारेको एमालेले सरकारमा सहभागि नहुने बताएको छ। केन्द्रको सत्ता गठबन्धनमा समस्या सिर्जना हुने भएपछि सुदूरमा नेकपा एसले मुख्यमन्त्री पाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma