Developed By Kuldeep Sharma

May 12, 2022

धनुषा प्रहरीले भन्यो, ‘मुस्लिम आयोगका अध्यक्ष मियाँको साथबाट पैसा भेटिएन, हल्ला फिँजाइयो’

जनकपुरधाम । मतदातालाई पैसा बाँडेको आरोपमा पक्राउ परेका मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीलाई प्रहरीले काठमाडौं डिपोर्ट गरेको छ।

उनले धनुषाको जनकपुरधाममा मुस्लिम मतदातालई पैसा बाँडेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। उनलाई जनकपुरधामस्थित सीताशरण होटेलबाट झोलासहित प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रदीपबहादुर क्षत्रीको टोलीले पक्राउ गरेको थियो।

तर जिल्ला प्रहरीकार्यालय धनुषाका प्रहरी प्रमुख एसपी बसन्त रजौरेले अन्सारीको साथबाट पैसा बरामद नभएको बताएका छन्। उनले भने, ‘पैसाको कुनै ब्याग भेटिएको छैन। यो यो हल्ला गलत हो। त्यस्तो केही भेटिएको छैन।’

एसपी रजौरेले प्रहरीलाई कुनै संवैधानिक निकायका पदाधिकारीलाई चेकजाँच गर्ने अधिकार नरहेकोले उनलाई सुरक्षित साथ एयरपोर्ट पुर्‍याएको जानकारी दिए।

एसपी रजौरेका अनुसार अन्सारी भ्रमणको क्रममा होटल सीताशरणमा बसेको र बिनाकारण एमालेका नेता कार्यकर्ताहरूले घेरेपछि प्रहरीले उनलाई सकुशल एयरपोर्टसम्म छोड्नका लागि सुरक्षा दिएका हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma