Developed By Kuldeep Sharma

May 18, 2022

कांग्रेसले टिकट नदिएर बागी उठेका कठायतले मेयर जिते

काठमाडौं। जुम्लाको एकमात्र चन्दननाथ नगरपालिकामा कांग्रेसका बागी उम्मेदार राजु सिंह कठायत विजयी भएका छन्।

उनले जम्मा खसेको ११ हजार ९८ मतमा २४०३ मत ल्याएर विजयी भएका हुन्। उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेसका पदम बहादुर शाहीले २३४१ मत ल्याए। कठायत २०७४ सालको प्रदेश सभा निर्वाचनमा जुम्ला क्षेत्र नं. १ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदार भई पराजित भएका थिए। यो स्थानिय निर्वाचनमा मेयर पदको लागि पार्टीले टिकट नदिएपछि उनीले बागि उम्मेदारी दिएका हुन्।

नगरपालिकाको उपमेयरमा भने नेपाली कांग्रेस कै रामदेवि खड्का विजयी भएकी छन्। २०७४ सालको स्थानिय निर्वाचनमा नेपाली कांग्रेसकी कान्तीका सेजुवालले जितेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma