Developed By Kuldeep Sharma

May 22, 2022

कोहलपुरको मेयर उपमेयरमा कांग्रेस विजयी

बाँके। स्थानीय तह निर्वाचनअन्तर्गत कोहलपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

कांग्रेसबाट उम्मेदवार बनेका युवा नेता पूर्ण आचार्यले १४ हजार १३४ मत प्राप्त गरी नगर प्रमुखमा विजयी भएका हुन्।

प्रमुखमा आचार्यका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का खिलप्रसाद भुसालले १२ हजार २८५ मत प्राप्त गरे। माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को तर्फबाट नगर प्रमुखको उम्मेदवार बनेका माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र न्यौपानले नौ हजार ७२५ मत प्राप्त गरे।

उपप्रमुखमा पनि कांग्रेसकै सङ्गीता सुवेदी विजयी भइन्।

१५ वडा रहेको कोहलपुरमा कांग्रेसले वडा नं २, ४, ६, ८, १०, १२, १३, १४ र १५ गरी नौ वटा वडा जितेको छ। एमालेले वडा नं.३, ५, ७ र ११ नं वडामा विजयी हासिल गरेको छ भने माओवादी केन्द्रले वडा नं १ र ९ मा जित हासिल गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma