Developed By Kuldeep Sharma

May 29, 2022

हराएको जहाज खोज्न गएको हेलिकोप्टर फर्कियो, पैदल गएका सुरक्षाकर्मी पुग्नै २ दिन लाग्न सक्छ

काठमाडौं। आज बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको विमान सम्पर्कविहीन भएपछि खोजीका लागि जोमसोमबाट उडेको फिस्टेलको हेलिकोप्टर फर्किएको छ।

खराब मौषमका कारण हेलिकोप्टर ल्याण्ड हुन नसकेको र हवाइ रेस्क्यू पनि गर्न नसकेपछि हेलिकोप्टर जोमसोम फर्किएको कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले मुलुक प्रेसलाई जानकारी दिए।

‘मौषम एकदमै खराब छ। पानी परिरहेको छ। हेलिकोप्टरले खोज्न नसेपछि जोमसोम फर्कियो,’ उनले भने। हेलिकोप्टरबाट हराएको जहाजको खोजी हुन नसकेपछि जोमसोमबाट ३ वटै सुरक्षा निकायको टोली पैदल यात्रामा विमान हराएको क्षेत्रतिर खोजीका लागि निस्किएको छ।

हेलिकोप्टरले खोज्न नसकेर फर्किएपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली मुस्ताङको थासाङ गाउँपालिका ३ लेते तिर लागेको छ। प्रमुख जिल्ला अधिकारी आचार्यकाअनुसार पैदाल गएको सुरक्षाकर्मीको टोलीलाई त्यहाँ पुग्न नै धेरै समय लाग्न सक्ने छ।

‘मौषम खबरा छ। हेलिकोप्टरले सकेन। सुरक्षाको निकायको टोली गएको छ। विमान हराएको आशंका गरिएको ठाउँ पहाडै-पहाड छ। पैदलबाट खोज्न कठिन त छ। तर पनि सुरक्षाकर्मी गएका छन्। १-२ दिन पनि लाग्न सक्छ। मौषम यस्तै रहिरहे खोज्नै गार्हो होला जस्तो छ,’ उनले भने।

थासाङ गाउँपालिका अध्यक्ष भन्छन्- कहिँ कतै आवाज सुनिएको छैन

सम्पर्कविहीन जहाजको खोजी कार्य तीव्र पार्न गृहमन्त्रीको निर्देशन

यी हुन् सम्पर्कविहीन जहाजमा सवार १६ नेपाली र ६ विदेशी नागरिक (सूचीसहित)

सम्पर्कविहीन जहाजको खोजीका लागि जोमसोम र काठमाडौंबाट २ हेलिकोप्टर परिचालन

पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहिन, खोजी कार्य तीव्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma