Developed By Kuldeep Sharma

May 31, 2022

आजबाट बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने

काठमाडौं। सरकारले जेठ १५ गते संसदमा पेश गरेको बजेटमाथि प्रतिनिधि सभामा आजबाट छलफल सुरु हुने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजबाट प्रतिनिधि सभामा सैद्धान्तिक छलफल सुरु हुन लागेको हो।

बिहान ११ बजे सुरु हुने बैठकमा अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। उक्त प्रस्तावपछि सांसदहरुले बजेटमाथि आफ्नो धारणा राख्नेछन्।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले आउँदो संघीय निर्वाचनमा मत माग्नेगरी सरकारले बजेट ल्याएको टिप्पणी गरिसकेको छ। बजेट विशुद्ध चुनावमुखी र मत माग्ने हिसाबले ल्याएको निष्कर्ष निकालेको छ। संसद् भवन नयाँ बानेश्वरमा सोमबार बसेको एमाले संसदीय दलको बैठकले पाँच महिना अवधि रहेको सरकारले यथार्थको धरातलमा नटेकी चुनावमुखी र मत माग्ने हिसाबले बजेट ल्याएको निष्कर्ष निकालेको हो।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले तर्कसंगत हिसाबले अध्ययनशील भएर प्रस्तुत हुन निर्देशन दिएका थिए। त्यस्तै ओलीले गलत र अनुचित कुरालाई जनतामाझ भण्डाफोर गर्नेगरी प्रस्तुत हुन निर्देशन दिएका थिए। सरकारले भने बजेटको बचाउ गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma