Developed By Kuldeep Sharma

June 8, 2022

लुम्बिनीको नीति तथा कार्यक्रम : बुटवल आर्थिक राजधानी, दाङ स्थायी राजधानी (पूर्णपाठ)

काठमाडौं। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभामा प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम पेश गर्दै प्रदेशका गौरवका आयोजनालाई प्राथमिकता दिइने जानकारी दिए।

दाङलाई लुम्बिनी प्रदेशको स्थायी राजधानी निर्माणको योजनालाई प्रदेश गौरवको आयोजनाका रुपमा लिइएको छ। अस्पताल, सडक, जलविद्युतलाई पनि गौरवको आयोजनाको रूपमा नीति तथा कार्यक्रममा समावेश गरिएको छ। यस्तै लुम्बिनी र राप्ती प्रादेशिक अस्पताललाई गौरवको आयोजनामा राखेर नमुना आयोजनाका रूपमा निरन्तरता दिँदै क्यान्सर तथा मुटु रोगीलाई दुई लाख दिने योजना बनाएको छ।

बुटवलमा मेडिकल कलेज बनाउने, राजधानी क्षेत्र रहेको दाङको लालमटियामा ५० शैयाको अस्पताल बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ। प्रदेश प्रमुख शेरचनले प्रदेशसभाले निर्धारित गरेको राजधानीलाई समेटी नयाँ नगरपालिकाको रूपमा विकास गर्ने प्रक्रिया थालनी गरिने पनि उल्लेख गरे। राजधानी तोकिएको स्थान अहिले राप्ती गाउँपालिकामा पर्दछ।

पूर्ण पाठ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma