Developed By Kuldeep Sharma

June 29, 2022

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम नरोकिने

काठमाडौं। त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। स्वास्थ्य बीमाबापत अस्पतालले दाबी गरेको रकम स्वास्थ्य बीमा बोर्डले शोधभर्ना पठाउने भएपछि कार्यक्रमलाई निरन्तरता दिन लागेको अस्पतालले जनाएको छ।

यसअघि बीमा बापतको रकम नपाएको भन्दै अस्पतालले असार १५ देखि स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने जनाएको थियो। अस्पतालले गत असार ३ गते एक विज्ञप्ति निकाल्दै बीमा बापतको रकम नपाएमा असार १५ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने घोषणा गरेको थियो।

अस्पतालका सुचना अधिकारी रामविक्रम अधिकारीका अनुसार बीमा बोर्डले सोधभर्ना गर्ने पत्र पठाएसँगै बीमा कार्यक्रमलाई निरन्तरता दिइएको बताए। उता धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने बीमाको रकम नपाएको भन्दै अस्पतालले असार २० देखि बीमा कार्यक्रम स्थगित गर्ने जनाएको छ। अस्पतालले एक विज्ञप्ति जारी गर्दै बोर्डले दावी रकमको भुक्तानी नगरे असार २० गतेबाट बीमा मार्फत बिरामीको उपचार नगर्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma