Developed By Kuldeep Sharma

June 29, 2022

काठमाडौं उपत्यकामा फैलिँदै हैजा

काठमाडौं। काठमाडौं उपत्यकामा हैजाका बिरामीको सङ्ख्या बढ्दै गइरहेको छ।

बुधबार थप दुई जनामा हैजा पुष्टि भएको छ। योसँगै असार २ गतेदेखि असार १५ गतेसम्म १४ जनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।

मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राले आरडीटी र दिसा कल्चर विधिबाट परीक्षण गर्दा १४ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिइन्। मिश्राका अनुसार, हैजा पुष्टि हुनेमा चार महिला १० जना पुरुष छन्।

काठमाडौं उपत्यका हैजा फैलनुको मुख्य कारण दूषित पानी रहेको छ। पहिलो केसको घर र कार्यस्थलबाट भण्डारण गरिएको धाराको पानी, जारको पानी र जमिनमुनिको पानीको चार नमुनामा दिसामा पाइने कोलिफर्म जीवाणु भेटिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma