Developed By Kuldeep Sharma

July 1, 2022

तपाईंको बच्चा प्रसुती गृहमा जन्मेको हो? साउन २० गते पुरस्कार जित्न सक्छन् है 

काठमाडौँ। के तपाईंको शिशु भर्खरै जन्मेको छ ? स्वस्थ्य र आकर्षक छ भने पुरस्कार जित्न सक्छ है ! अबको एक महिनामा थापाथलीस्थित परोपकार प्रसुती स्त्री रोग अस्पतालमा जन्मेदेखि १ वर्षसम्मका ५८ औँ शिशु प्रदर्शनी हुने भएको छ।
अस्पतालले आगामी साउन २० गते (शुक्रबार) बिहान ९ बजेदेखि प्रदर्शनीमा शिशुसहित अभिभावकलाई सहभागी हुन अनुरोध गरेको छ।

अस्पतालका अनुसारका प्रदर्शनीमा जन्मेदेखि ४५ दिनसम्म। ४६ दिनदेखि ६ महिनासम्म र ६ महिना १ दिनदेखि १ वर्षसम्मका शिशु हुनेछन्। प्रदर्शनीमा ल्याइएको शिशुहरू परोपकार अस्पतालमा जन्मेको हुनुपर्ने छ।
इच्छुक अभिभावकले असार १६ देखि साउन १५ गते बिहान ९ देखि २ बजेसम्म फारम भरिसक्नु पर्ने छ। अस्पतालले जारी गरेको सूचनामा भनिएको छ,’ अस्पतालको अर्थ शाखाको नगद काउन्टरबाट एक सय रुपैयाँ तिरेर भौचरसहित ओपीडीबाट फारम प्राप्त गर्न सकिनेछ।’

प्रदर्शनीमा पुरस्कृत हुने शिशुलाई भदौ ५ गते कृष्ण जन्माष्टमीमा अस्पतालको वार्षिकोत्सवमा पुरस्कार ट्रफी र प्रमाणपत्र दिने अस्पतालले जनाएको छ। यसअघिको प्रदर्शनीमा करिब दुई सय शिशुहरू प्रदर्शनीमा रहने गरेका थिए।
कोभिड-१९ महामारी सुरु भएपछि प्रदर्शनी रोकिएको थियो। संक्रमित संख्या कम हुँदै गएकाले यसपटक प्रदर्शनी आयोजना गरिएको अस्पतालले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma