Developed By Kuldeep Sharma

March 4, 2022

आज बागमती र न्युरोड भिड्दै

काठमाडौँ । पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज(शुक्रबार) एक खेल हुने भएको छ । सर्वाधिक धनराशी रहेको प्रतियोगिताको दोस्रो दिन आज बागमती युथ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।

खेल दिउँसो ३ बजे धनगढी रंगशालामा हुनेछ । बिहिबार भएको प्रतियोगिताको उद्घाटन खेलमा मनाङ मर्स्याङ्दी क्लबले भारतको दिल्ली फुटबल क्लबलाई २–१ गोल अन्तरले हराएको थियो ।

प्रतियोगितामा १० टिम सहभागि छन् । यस प्रतियोगिताको विजेता टोलीले २१ लाख नगद प्राप्त गर्नेछ भने उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाईकल प्रदान गरिने छ भने उत्कृष्ट गोलरक्षक, फरवार्ड, डिफेन्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षक, उदयमान खेलाडी र फेयर प्ले टिमलाई जनही नगद २५ हजार पदान गरिने छ । प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma