Developed By Kuldeep Sharma

July 3, 2022

एमालेको सचिवालय बैठक बिहान ११ बजे

काठमाडौँ। प्रमुख विपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेका लागि बैठक आह्वान गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

सचिवालय बैठकको एजेन्डा तय गर्न हिजाे कार्यालय बैठक बसेकाे थियो। हिजोकै एजेन्डामाथि आज सचिवालय बैठकमा छलफल हुने छ।

बैठकमा गएको स्थानीय तह निर्वाचनको समीक्षा र आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचन बारे पार्टीको नीतिका विषयमा छलफल हुने जनाइएको छ।

आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma