Developed By Kuldeep Sharma

July 16, 2022

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौँ। सोमबारबाट सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ। बैठकमा आज पदाधिकारीले जवाफ दिने कार्यसूची छ।

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्‍ने कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा केन्द्रीय सदस्यहरूले नेतृत्वमाथि प्रश्न उठाएका छन्।

सभापति शेरबहादुर देउवा विधानअनुसार नचलेको, महामन्त्रीहरू व्यक्तिवादी तवरले चलेको आरोप लागेको छ। देउवाले महामन्त्रीहरूलाई ‘स्पेस’ नदिएको आरोप पनि लागेको छ।

सरकारको आलोचना भएपछि बैठकमा कांग्रेसको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले आफूले गरेका कामका बारेमा जवाफ दिने कार्यक्रम राखिएको हो।

सरकारको काम कारबाहीका बारेमा केन्द्रीय सदस्यहरुले प्रश्‍न उठाएपछि मन्त्रीहरूले जवाफ दिने कार्यक्रम राखिएको प्रवक्ता प्रकाशशरण महतले बताए। महतका अनुसार जारी बैठक आज समापन गर्ने तयारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma