Developed By Kuldeep Sharma

November 25, 2022

आम निर्वाचन २०७९ को म्यान्डेटले दिएको नया ध्रुविकरणको सम्भावाना

ई. सुवास पौडेल, काठमाडौं। निर्वाचन अगाडी मैले लेखेको थिएँ ‘इतिहासकै यो मात्रै त्यस्तो निर्बाचन हुदैछ, जहाँ कुनै पनि दलसंग बेच्नका लागि कुनै एजेन्डा छैनन्, देखाउने कुनै सपना छैनन्। जनतामा कुनै उत्साह छैन। नेतृत्व प्रति भरोशा र बिश्वास छैन।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको उदय त्यसैको उपज हो कुनै वादद, एजेन्डा, नीति, कार्यक्रम र योजनाको अनुमोदन भन्दापनि मुलधारका दलहरुप्रतिको फ्रर्स्ट्रेशन त्यसमा पोखिएको छ। राजेन्द्र लिङ्देनले देखाएको छवीको कारणले केहि सिट राप्रपाले पनि ल्याएता पनि यो निर्बार्वाचनसम्म आइपुग्दा जनता राजतन्त्र वा पुरानो व्यवस्था ठिक भनेर सहानुभूति राख्ने मनस्थितिमा छैनन्। र यहि व्यवस्था भित्र बाटै परिवर्तन खोजेका छन् भन्ने प्रस्ट हुन्छ।

कुनै स्पेसिफिक निर्वाचन क्षेत्रको जित–हारको प्राविधिक भोट काउन्ट भन्दा माथि उठेर जनताको सेन्टिमेन्टलाई समग्रतामा केलाएर निचोड निकाल्दा यो निर्वाचनले बारम्वारर पद र शक्तीमा रहेर टेस्टेड भईसकेका राजनीतिक अनुहारहरुलाई अब बिश्राम गर्ने म्यान्डेट दिएको छ। भने गगन, विश्वप्रकाश वा रविहरुलाई राजनीतिमा शसक्त हस्तछेप गर्ने म्यान्डेट दिएको छ।

तसर्थ, अबको लडाइँ कांग्रेस, एमाले, माओवादी, स्वतन्त्र पार्टी वा राप्रपा पार्टीहरुबीच एक अर्कासंगको लडाइँ हुदै हैन। जनताले दिएको म्यान्डेट अनुसार जाने हो भने अबको लडाइँ दुईवटा माइन्डसेटको धुर्बिकरणमा हुनेछ।

देउवा, ओली, प्रचण्डहरुको संयुक्त नेतृत्वमा त्यो पुस्ताले खाइपाई आएको यथास्थितिवादी राजनीतिको रक्षात्मक ध्रुव र राजनीतिमा पुस्तान्तरण र रुपान्तरण तत्क्षण आवश्यक छ भनेर जबर्जस्त बिद्रोह गर्ने गगन–विश्वप्रकाश, रविहरुको क्रान्तिकारी ध्रुव्र निर्वाचनमा जनताले दोश्रो पुस्तालाई हस्तक्षेत्र मात्र हैन परिणाम समेत देऊ भन्ने म्यान्डेट दिएका छन्।

तसर्थ अबको ५ वर्ष यहि दुई माइन्डसेटबीचको जवर्जस्त अन्तरसंघर्षमा बित्नेछ। यदि देउवा, ओली, प्रचण्डहरु नै आगामी ५ वर्ष देशको मूल नेतृत्वमा रहिरहे भने अर्को निर्वाचनसम्म पुग्दा नपुग्दै यो व्यवस्था नै बढारिने जोखिम देखेको छु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma