Developed By Kuldeep Sharma

December 5, 2022

दोलखा मतगणना : माओवादीका कार्की एमालेका सिवाकोटीभन्दा १६३ मतले अघि

काठमाडौँ। दोलखाको मतगणना अन्तिम चरणमा छ। मुख्य निर्वाचन अधिकृतले दिएको पछिल्लो विवरण अनुसार यहाँ नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा देखिएको छ।

अहिलेसम्म यहाँ ७६ हजार ८ सय ४८ मत गणना भएको छ। एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीले ३३ हजार १ सय ६३ मत प्राप्त गरेका छन्। त्यस्तै, नेकपा माओवादी केन्द्रका गंगा कार्कीले ३३ हजार ३ सय २६ मत प्राप्त गरेका छन्।

शिवाकोटीभन्दा कार्की १ सय ६३ मतले अघि छन्। यहाँ सुरुदेखि नै यी दुई उम्मेदवारबीच उछिनापछिन भइरहेको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म ३ हजार १ सय ८३ मत बदर भएको छ।

अब शैलुङ गाउँपालिकाको वडा नम्बर १ र २, मेलुङ गाउँपालिकाको वडा नम्बर १ र ३, विगु गाउँपालिकाको १, २ र ३ वडा गन्न बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma