Developed By Kuldeep Sharma

December 20, 2022

एमाले संसदीय दल नेतामा अध्यक्ष ओली, को बने त प्रस्तावक र समर्थक?

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले) को संसदीय दल नेतामा अध्यक्ष केपी शर्मा ओली निर्विरोध चयन भएका छन्।

मंगलबार बसेको संसदीय दलको बैठकले ओलीलाई निर्विरोध दलको नेता चयन गरेको हो। ओलीलाई दलको नेतामा चयन गर्न उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्तावक र अर्का उपाध्यक्ष सुवास नेम्वाङले समर्थन गरे।

दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने अर्को बैठकबाट चयन हुने जनाइएको छ। संसदीय दलको बैठक कमलादीस्थित प्रज्ञा भवनमा बसेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma