Developed By Kuldeep Sharma

January 4, 2023

सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि आह्वान, कुन दलसंग कति सांसद?

काठमाडौं। सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यलयले पुस २७ गते भित्र प्रदेश सरकार गठनका लागि आह्वान गरेको छ।

प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ को उपधारा २ अनुसार २७ पुसको साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन्। संविधानको १६८ (२) मा दुई वा दुई भन्दा बढी दलको समर्थनमा प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दावी पेश गर्न सक्ने व्यवस्था छ। सुदूरपश्चिम प्रदेशसभामा कुनै पनि दलको बहुमत नभएका कारण दुई वा दुई भन्दा बढी दल मिल्नुपर्नेछ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ जनाको समर्थन चाहिन्छ। यहाँ ठूलो दल नेपाली कंग्रेसको १९, नेकपा माओवादी केन्द्रको ११, नेकपा एमालेको १०, नागरिक उन्मुक्ति पार्टीको ७, नेकपा एकीकृत समाजवादीको ४, राप्रपाको १ र एक जना स्वतन्त्र सांसद छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma