Developed By Kuldeep Sharma

January 4, 2023

प्रचण्डले गठबन्धन छाड्नुमा हामी दोषी छैनौँ : प्रवक्ता महत

काठमाडौं। नेपाली कांग्रेसले ५ दलीय गठबन्धन टुट्नुमा आफूहरू दोषी नभएको बताएको छ। संसदको सबै भन्दा ठुलो दल भएपनि सत्ताबाट बाहिरिएपछि कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै यस्तो बताएको हो।

पत्रकार सम्मेलनमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै प्रवक्ता डा. प्रकाश शरण महतले चुनावअघि व्यक्त गरिएको नीतिगत तथा सैद्धान्तिक प्रतिवद्धता विपरीत गठबन्धन तोडेर प्रचण्ड एमालेसँग गठबन्धन गर्न गएको बताए। आफूहरु वैकल्पिक समर्थन जुटाउन तिर पनि नलागेको भन्दै प्रवक्ता महतले आफूहरू गठबन्धन जोगाएर लैजाने पक्षमै रहेको प्रष्टीकरण दिए।

‘प्रचण्डजीले गठबन्धन छाडेर जानुभयो। उहाँ आफ्नो प्रतिबद्धताविपरीत किन गठबन्धन छाडेर जानुभयो भन्नेबारे विश्लेषण हुँदै जालान्। तर गठबन्धन टुट्नुमा कांग्रेस दोषी छैन। हामी कहीँ कतै पनि विचलित भएका छैनौँ। हामीले वैकल्पिक समर्थन जुटाएर नेतृत्व लिने तर्फ पनि ध्यान दिएनौँ,’ उनले भने।

यद्यपि कांग्रेसले नेतृत्व छोडेर प्रचण्डलाई पहिला प्रधानमन्त्री दिने भन्ने विषयमा पनि छलफल गरेर निष्कर्षमा पुग्नेबारे समय प्राप्त नभएको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma