Developed By Kuldeep Sharma

January 5, 2023

कोइराला समूहको बैठक बस्दै, यी विषयमा खास छलफल हुँदै

काठमाडौं। नेपाली कांग्रेसको संस्थापन ईतर समूहको बैठक आज बस्दै छ। बैठक बिहीबार दिउँसो १ बजे बत्तिसपुतलीस्थित एक होटलमा बस्दैछ।

बैठकमा आगामी केन्द्रीय कार्यसमिति बैठकका लागि रणनीति बनाउने विषयमा छलफल हुनेछ। यस्तै बैठकमा पार्टीको संसदीय दलको निर्वाचन, निर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयमा केन्द्रित हुने नेताहरुले बताएका छन्। केन्द्रीय समिति बैठक यहि पुस २८ गतेका लागि बोलाइएको छ।

यसअघि पुस २२ गतेका लागि बैठक तय भए पनि बुधबार बैठकको मिति परिवर्तन गरिएको हो। केन्द्रीय कार्यसमिति बैठक भन्दा अगाडि २३ गते शनिबार संसदीय दलको बैठक बोलाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma