Developed By Kuldeep Sharma

January 24, 2023

बागमती प्रदेशमा ३ मन्त्रालय कटौती, ११ राख्न सुझाव

काठमाडौं। बागमती प्रदेशमा ११ वटा मन्त्रालय हुने भएका छन्। गत पुस २६ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेले मुख्यमन्त्रीको शपथ लिएकै दिन मन्त्रालय संख्या हेरफेरका लागि गठित कार्यदलको सुझावमा ११ वटा मन्त्रालय कायम गर्न सुझाव दिएको हो।

यसअघि बागमती प्रदेशमा १४ मन्त्रालय रहेका थिए । सोमबार कार्यदलले तयार पारेको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री जम्मकटटेलले कार्यदलको सुझाव अनुसार अव बागमती प्रदेशमा ११ वटा मन्त्रालय हुने जानकारी दिए।

कार्यदलले प्रदेशका कुल सांसदको १० प्रतिशत नबढ्नेगरी मन्त्री बनाउन सुझाव दिएको छ। ‘कार्यदलले बुझाएको प्रतिवेदन अनुसार अव ११ वटा मन्त्रालय हुन्छन्, त्यसको निर्णय आजै बस्ने क्याविनेटले निर्णय गर्छ’, मुख्यमन्त्री जम्कट्टेलको भनाइ छ।

मुख्यमन्त्री जम्कटटेलले मुख्यसचिव मुकुन्द निरौलाको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेका थिए।

जसमा आन्तरिक तथा कानुन मन्त्रालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव तथा कानुन र प्रशासन हेर्ने सचिव सदस्य रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma