Developed By Kuldeep Sharma

January 27, 2023

सर्वाेच्चको फैसलापछि राष्ट्रिय स्वतन्त्र पार्टी रहने,लामिछानेको पद भने नरहने

काठमाडौं। नागरिकता बिवादमा सर्वाेच्चले बिपक्षमा फैसला सुनाएसँगै रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति पद समेत नरहने भएको छ ।

लामिछानेले पार्टी दर्ताका क्रममा पेश गरेको पुरानो नागरिकताले बैधता नपाएपछि उहाँको पार्टी सभापति र सदस्यता समेत नरहने भएको हो । लामिछाने सभापति नरहे पनि संस्थापक सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी भने यथावत रहने छ ।

नेपालको संविधानले नै नेपाली नागरिकले राजनीतिक दल खोल्ने र राजनीतिमा क्रियाशील हुने परिकल्पना गरेको छ । मुद्दामा निर्वाचन आयोग समेत विपक्षी भएकाले सर्वोच्च अदालतको संक्षिप्त आदेश निर्वाचन आयोगमा गएलगत्तै सभापति पद खारेज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma