Developed By Kuldeep Sharma

May 9, 2022

एमालेका कार्यकर्ताले आफ्ना उम्मेदवार कुटे‍को भन्दै राप्रपाको आपत्ति

काठमाडौं । आफ्ना पार्टीका वडा सदस्यका उम्मेदवारलाई नेकपा (एमाले)का कार्यकर्ताले आक्रमण गरेको भन्दै राप्रपाले कडा शब्दमा निन्दा गरेको छ।

हिजो आइतरबार साँझ धनुषाको सबैला नगरपालिकामा वडा नम्बर ४ का वडा सदस्यका उम्मेदवार समशुल राइन मियाँमाथि आक्रमण भएको थियो। १०-१५ जनाको समूहमा आएका एमालेका कार्यकर्ताले उनीमाथि आक्रमण गरेका राप्रपाको आरोप छ।

राप्रपाले घटनाको विरोध गर्दै यस्तो कार्य घृणित र लज्जास्पद भएको बताएको छ।

‘राप्रपाको नीति, विचार, सिद्धान्तको प्रवर्द्धन र आफ्नो चुनावी प्रतिबद्धता घरदैलो गर्दै मतदाता सामु गइरहेको अवस्थामा मियामाथि एमालेले उमेदवारी फिर्ता लिन दबाब दिएको र मियाले पार्टीको पक्षमा दृढतापूर्वक प्रचार गर्ने अडान लिएपछि उनी र उनको ७ जना परिवारका सदस्यमाथि सांघातिक हमला भएको घटना घृणित, लज्जास्पद र दु:खदायी छ । यस घटनामा संलग्नलाई पक्राउ गर्न, दोषीलाई कडा कारबाही गर्न र घाइतेको उपचारको प्रबन्ध गर्न राप्रपा जोडदार माग गर्दछ।’ राप्रपा प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

यस्तै रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं १ मा पनि राप्रपाका वडाअध्यक्ष पदका उमेदवार लिलिबिर बिसीको चुनावी प्रचारलाई माओवादीले गरेको अवरोधप्रति पनि राप्रपाले भर्त्सना गरेको छ।  त्यस क्रममा आफ्ना पार्टीका उम्मेदवारलाई बाटो छेकेर धम्क्याउने, पार्टीको झण्डा च्यातरे फालिदिने र उमेदवारलाई लछारपछार गरिएको राप्रपाले आरोप लगाएको छ।

यस्ता घटनाले लोकतान्त्रिक अधिकारको उपहास भएको भन्दै भयरहित निर्वाचनको वातावरण बनाउन राप्रपाले सरकार र निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएको छ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma