Developed By Kuldeep Sharma

May 12, 2022

चितवनमा शीर्ष नेताहरू को कहाँबाट भोट हाल्दै छन् ?

चितवन । शुक्रबार हुने स्थानीय निर्वाचनका लागि राजनीतिक दलका शीर्ष नेताहरू गृहजिल्ला चितवन आइसकेका छन्। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे र रामबहादुर थापालगायत नेताहरू मंगलबारदेखि नै चितवन आएका छन्।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बुधबार चितवन आएका छन्। प्रचण्ड मतदानको दिनसम्म चितवन बस्ने कार्यक्रम छ। उनले भरतपुर महानगरपालिका वडा नम्बर १४ मा रहेको नेपाल प्रहरी स्कुल शान्तिपुरबाट मतदान गर्दैछन्। सो मतदान केन्द्रमा १ हजार ६ सय ७८ जना मतदाता रहेका छन्।

यस्तै नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले राप्ती नगरपालिकाको वडा नम्बर ५ मा रहेको भण्डारा अस्पताल मतदान स्थलबाट मतदान गर्दैछन्।

यस्तै एमालेका अर्का उपाध्यक्ष रामबहादुर थापाले भरतपुर महानगरपालिका वडा नम्बर १० को नारायणी नमुना माध्यामिक विद्यालयबाट मतदान गर्दैछन्। सो मतदानस्थलमा ५ हजार ८ सय ३६ जना मतदाता छन्।

भरतपुर महानगरपालिका प्रमुखका उम्मेदवारहरू पाँचदलीय गठवन्धनकी रेनु दाहालले आधारभूत विद्यालय सुन्दरबस्ती भरतपुर महानगर पालिका वडा नम्बर १४, एमालेका उम्मेदवार विजय सुवेदीले भरतपुर महानगरपालिका वडा नम्बर ११  मा रहेको मोहन माध्यामिक विद्यालयबाट मतदान गर्दैछन्।

त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले कृष्णपुर माध्यमिक विद्यालयबाट मतदान गर्दैछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma