Developed By Kuldeep Sharma

August 2, 2022

म्याग्दी पहिरो अपडेट : मृतक एकै परिवारका पाँचैको शव भेटियो

काठमाडौं। वर्षासँगै पहिरो खस्दा गएराति म्याग्दीको मालिका गाउँपालिका-२ रुम गाउँमा तीनवटा घर पुरिँदा पाँच जनाको मृत्यु भएको छ। मृतक सबै एकै परिवारका हुन्।

घरमाथिको पाखोबाट आएको पहिरोले घर बगाउँदा ३८ वर्षीय घाम बहादुर बिकसहित उनको परिवारका ५ जनाको मृत्यु भएको हो।

प्रहरीका अनुसार पहिरोमा परी ३८ वर्षीय घामबहादुर बिक, उनकी पत्नी ३५ वर्षीया राममाया बिक, छोराहरु १५ वर्षीय नविन बिक, १३ वर्षीय राजन बिक र नाम नखुलेकी ५ वर्षीया छोरीको शव फेला परेको हो।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक तिलक भारतीले पहिरोमा बेपत्ता भएका घाम बहादुर, उनको श्रीमती र सात वर्षीया छोरी बेपत्ता थिए। उनीहरूको पनि शव भेटिएको उनले जानकारी दिए।

सोही ठाउँमा पहिरोले अर्को घर पुर्दा २ जना घाइते भएका छन्। स्थानीय ६५ वर्षीय गोठे बिक र उनकी ६५ वर्षीया पत्नीलाई घाइते अवसथामा उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma