काठमाडौं। सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका – १ स्थित नेले बजारमा भीषण आगलागी भएको छ। अपराह्न ४ बजेबाट सुरु भएको आगलागीबाट विचबजारका ५ घर जलेरनष्ट भएको प्रहरीले जनाएको छ।
स्थानीय बुद्धि बहादुर कार्कीको घरबाट विद्युत् सर्ट भएर सुरु भएको आगोले उनको घरसहित कल्पना बस्नेत, रमेश बस्नेत र अर्का एक स्थानीयको घर जलेर पूर्ण नष्ट भएको छ भने प्रणय राईको आधा घर जलेको जनाइएको छ।
आगो निभाउनका लागि स्थानीय र प्रहरीले पहल गरिरहेका छन् भने सल्लेरीबाट नगरपालिकाको दमकल झिकाइएको छ। अहिले आगो नियन्त्रण बाहिर रहेको सोलुदुधकुण्ड नपा वडा नम्बर ६ का वडाध्यक्ष फुरी शेर्पाले जानकारी दिए।
प्रतिक्रिया