Developed By Kuldeep Sharma

September 27, 2022

इंग्ल्याण्डसँग बराबरीमा रोकियो जर्मनी

काठमाडौँ। यूईएफए नेसन्स लिगअन्तर्गत सोमबार राति भएको खेलमा जर्मनी इंग्ल्याण्डसँग ३–३ गोल अन्तरको बराबरीमा रोकिएको छ।
सोमबारको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको ५२ औं मिनेटमा इल्के गुन्डोगानले पेनाल्टीमार्फत गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। ६७ औं मिनेटमा काइ हार्भटेजले अग्रता दोब्बर पारेका थिए।

तर, खेलको ७१ औं मिनेटमा ल्युक श, ७५ औं मिनेटमा मासोन माउन्ट र ८३ औं मिनेटमा पेनाल्टीमार्फत इंग्ल्याण्डका लागि गोल गर्दै खेल ३–२ को अवस्थामा पुर्‍याएका थिए।

खेलको ८७ औं मिनेटमा हार्भटेजले अर्को एक गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। यससँगै समूह सीमा जर्मनीले ६ खेलबाट ७ र इंग्ल्याण्डले समान खेलबाट ३ अंक हात पारेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma