Developed By Kuldeep Sharma

November 23, 2022

जिरुको कीर्तिमानी गोलमा फ्रान्सको विजयी सुरुवात

काठमाडौं।  ओलिभए जिरु कीर्तिमानी गोलमा साविक विजेता फ्रान्सले फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ।

दोहास्थित अल जानुब स्टेडियममा मंगलबार राति भएको खेलमा अस्ट्रेलियामाथि ४–१ गोलको जित निकाल्दै फ्रान्सले सुखद सुरुआत गरेको हो।

फ्रान्सको जितमा ओलिभए जेरुले दुई गोल गरे। एड्रिन राबिओट र केलियन एमबाप्पेले एक एक गोल गरे।

अष्ट्रेलियाका क्रेग गुडविनले एक गोल गरे। खेलमा लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा अस्ट्रेलियाले हार बेहोरेको हो। खेलको नवौँ मिनेटमा गुडविनले गोल गर्दै अष्ट्रेलियालाई सुरुआती अग्रता दिलाएका थिए।

तर फ्रान्सका लागि खेलको २७ औँ मिनेटमा राबिओटले बराबरी गोल फर्काए। खेलको ३२ औँ मिनेटमा जेरुले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए।

खेलको ६८ औँ मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई ३–१ को अग्रता दिलाए। खेलको ७१ औँ मिनेटमा जेरुडले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सले ४–१ को सहज जित निकालेको हो।

फ्रान्सका लागि ५१ गोल गरेका जेरुले थिएरी हेनरीको नाममा रहेको फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानसँग बराबरी गरेका छन्।

जितसँगै फ्रान्सले पहिलो खेलमै ३ अंक जोडेको छ। समूह ‘डी’ को फ्रान्स शीर्ष स्थानमा छ। अस्ट्रेलियाले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma