Developed By Kuldeep Sharma

July 13, 2023

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : नेपाल र बंगलादेशबीच प्रतिष्पर्धा हुदै

काठमाडौं। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबल सिरिज अन्तर्गत पहिलो खेलमा आज नेपाल र घरेलु टोली बंगलादेशबीच प्रतिष्पर्धा हुदैछ।

खेल आज साँझ ढाकाको कमलपुरस्थित विरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा पौने ६ बजेदेखि सुरु हुने छ। गत वर्ष काठमाडौंमा भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाललाई हराएर बंगलादेशले उपाधि हात पारेको थियो।

उक्त खेलपछि बंगलादेश र नेपाल पहिलो पटक खेल्दैछन्। सो खेलपछि बगंलादेशले कुनै पनि खेल खेलेको छैन भने नेपालले भारतसँग दुई मैत्रीपूर्ण र भियतनामसँग ओलम्पिक छनोटमा दुई खेल गरी चार खेल खेलिसकेको छ।

गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा नेपाली टोली मैदान उत्रने तयारी गरिरेहेको छ। त्यस्तै बंगलादेश मुख्य फरवार्ड सविना खातुनको कप्तानीमा खेल्दैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma