Developed By Kuldeep Sharma

February 3, 2024

उपाधिका लागि पुलिस क्लबलाई १८२ रनको लक्ष्य

छटौं संस्करणको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई १८२ रन लक्ष्य प्रस्तुत गरेको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ४९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १८१ रन बनायो । आर्मीका लागि विवेक यादवले अर्धसतक प्रहार गरे । उनले ६३ रन बनाएर आउट भए । सोमपाल कामीले ३९, इम्रान शेखले २८, कुशल मल्ल १७, सन्तोष कार्की ७, भिम सार्की ५, कप्तान विनोद भण्डारी २, शाहव आलम २, जितेन्द्र मुखिया २, बसिर अहमद १ र सन्दीप रजाइली शुन्य रनमा आउट भए ।

६९ रनमा ७ विकेट गुमाएको आर्मीलाई सोमपाल र विवेकले उकासेका थिए । आठौं विकेटका लागि सोमपाल र विवेकले ५९ रनको साझेदारी गरेका थिए । बलिङमा पुलिसका ललित राजवंशीले र कप्तान दीपेन्द्रसिंह ऐरीले ३र३, सागर ढकाल, कुशल भुर्तेल र करण केसीले १‍र१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma