Developed By Kuldeep Sharma

March 26, 2024

आयरल्याण्डमाथि नेपालको शानदार जीत

काठमाडौं। आज भएको टी ट्वान्टी खेलमा आयरल्याण्डविरुद्ध नेपालले शानदार जीत निकालेको छ।

कीर्तिपुर मैदानमा भएको टी ट्वान्टी सिरिजको दोस्रो अभ्यास खेलमा नेपालले आयरल्याण्डलाई ७१ रनले हराएको हो।

नेपालले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले १८ दशमलव ३ ओभरमा अलआउट हुँदै १ सय २७ रनमा समेटियो।

यस अघि सोमबार भएको पहिलो अभ्यास खेलमा पनि नेपालले आयरल्याण्डविरुद्ध जीत हात पारेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma