Developed By Kuldeep Sharma

March 28, 2024

नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको खेल वर्षाका कारण रद्द

काठमाडौं। नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको तीन टी–२० शृंखलाअन्तर्गत आजको पहिलो खेल रद्द भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजेबाट शुरू हुने खेल बर्षाका कारण रद्ध भएको हो। बुधबार रातिदेखिको वर्षाको कारण खेल टससमेत नभइ रद्द भएको नेपाल क्रिकेट संघ क्यान ले जनाएको छ।

नेपाल भ्रमणमा रहेको आयरल्यान्ड उल्भ्सले यसअघि सिनियर टोलीसँग दुई खेलको टी–२० शृंखला खेलेको थियो।

आयरल्यान्ड उल्भ्स पहिलो खेलमा ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा ७१ रनले पराजित भएको हो।

नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्ससँग दोस्रो खेल शुक्रबार हुने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma