Developed By Kuldeep Sharma

April 19, 2024

ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट

काठमाडौं। एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको सेमिफाइनल खेलमा नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ।

ओमानमा जारी खेलमा नेपालले पहिलो ओभरको पहिलो बलमै ओपनर कुशल भुर्तेललाई गुमाएको हो। कुशल भुर्तेललाई यूएईका बलर जुनैद सिद्धकीले विकेटकिपर सैयद हैदरद्वारा क्याच गराएका हुन्। यूएईले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma