Developed By Kuldeep Sharma

June 20, 2022

एसीसी महिला टी-२० च्याम्पियनसीप: बहराइनले नेपाललाई दियो १५ रनको विजयी लक्ष्य

काठमाडौं। एसीसी महिला टी-२० च्याम्पियनसीप क्रिकेटमा नेपालले १५ रनको विजयी लक्ष्य पाएको छ। मलेसियाको किनरारा ओभलमा टस हारेको बहारइनले ६ विकेटको क्षतिमा १४ रन बनाएको हो। वर्षाले प्रभावित भएको खेल ७ ओभरमा छोट्याइएको छ।

बहराइनका लागि इशाना सुहानको ६ रन नै सर्वाधिक रह्यो। बहराइनलाई सस्तैमा समेटन कविता कुँवर र अस्मिना कर्माचार्यले २/२ विकेट लिए भने सवनम राईले एक विकेट लिइन्। यसअघि लगातार दुई खेलमा जित निकालेको नेपाल आज तेस्रो जित निकाल्दै सेमिफाइनल प्रवेशको लक्ष्यसहित मैदान उत्रिएको छ।

आजको खेलमा जित निकाले एक खेल अगावै नेपालले सेमिफाइनलमा स्थान बनाउनेछ। समूह बी को नेपाल २ खेलबाट ४ अंक जोडेर समूहको शीर्ष स्थानमा छ। बहराइन २ खेलमा १ अंक जोडेर चौंथो स्थानमा छ। यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ५० रन र दोस्रो खेलमा कुवेतलाई २५ रनले पराजित गरेको थियो। नेपालले अन्तिम खेलमा भोलि हङकङसँग प्रतिस्पर्धा गर्नेछ। १० टोली सहभागी रहेको च्याम्पियनसिपमा फाइनलमा पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा स्थान बनाउने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma