Developed By Kuldeep Sharma

June 23, 2022

राष्ट्रिय फुटबल टोलीबाट निकालिएका १० खेलाडी फेरि टोलीमा

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीका ११ जना सिनियर खेलाडीलाई फेरि टोलीमा स्थान दिने भएको छ।

२ दिनअघि एन्फाको नयाँ कार्यसमिति चयन भएको थियो। एन्फाका नयाँ अध्यक्षमा पंकजविक्रम नेम्वाङ् र महासचिवमा किरण राई निर्वाचित भएर आएका छन्। नयाँ कार्यसमितिको पहिलो बैठकमा नै ११ जना निकालिएका खेलाडीलाई फिर्ता बोलाउन निर्णय भएको एक विज्ञप्ति मार्फत एन्फाले जनाएको छ।

केही समय अघि बन्द प्रशिक्षणको दैरान राष्ट्रिय टोलिका प्रमूख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र टोलीका अन्तरिम कप्तान रोहित चन्दबिच विवाद हुँदा १० जना सिनियर खेलाडीले चन्दको पक्ष लिएका थिए। त्यसैकारण प्रशिक्षक अल्मुताइरीले खेलाडीहरूले अनुशासन उल्लङ्घन गरेको भन्दै ११ जनालाइै टोलीबाट निकालेका थिए।

त्यसपछि ११ जना सिनियर खेलाडी विहिन नयाँ खेलाडीका साथ कुवेतमा एसियन कप छनोटको खेलखेल्न गएको नेपालले खेलेका तीन वटै खेल लज्जाजनक तरीका ले हार्‍यो। त्यसपछि उनी विदामा आफ्नो घर कुवेतमा नै बसेका थिए। योसँगै टोलीका प्रमूख प्रशिक्षक नेपाल फर्कने सम्भावना न्युन भएको छ।

गतसाल अहिले निर्वाचित भएका अध्यक्ष र प्रशिक्षक अल्मुताइरीबीच विवाद हुँदा अल्मुताइरीले राजीनामा दिने घोषणा गरेका थिए तर पछि फिर्ता लिए। अस्ति अल्मुताइरीले एउटा स्टोरी राख्दै नेपाल नफर्कने संकेत दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma