Developed By Kuldeep Sharma

August 10, 2022

नुवाकोटका बाढी र पहिरो प्रभावितको उद्धार,राहत र क्षतिपूर्तिको व्यवस्था गर्न महतको माग

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले गएराति परेको अविरल बर्षाको कारणले आएको बाढी र पहिरोबाट नुवाकोटमा प्रभावितहरूको उद्धार,राहत र क्षतिपूर्ति दिन सरकारसमक्ष अनुरोध गरेका छन्।

बाढी र पहिरोबाट जिल्लाको क्षेत्र नं १ का विभिन्न स्थानमा पुगेको क्षतिप्रति महतले दुःख प्रकट गरेका छन्। महतले बाढी र पहिरोका कारण नुवाकोटका आधादर्जन बढी पक्की पुल र धानखेतीमा क्षति पुगेको र पशु चौपाया समेत बगाएको उल्लेख गर्दै शीघ्र उद्दारकार्यमा लाग्नुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध समेत गरेका छन्।

जोखिमयुक्त क्षेत्रमा रहेका स्थानीयलाई उच्च सतर्कता अपनाउनु पनि उनले अनुरोध गरेका छन्। उनले प्राकृतिक विपद्को यस घडीमा मानवीय तथा भौतिक क्षति रोक्दै बस्ती संरक्षणमा लाग्न, यथाशीघ्र उद्धार र राहतकार्यमा सरिक हुन सम्बन्धित सबैमा अनुरोध गर्दै तत्काल क्षतिको यथार्थ आंकलन गरी यथाशीघ्र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

महतले सरकारका विभिन्न निकायलाई बाढी पहिरोले सडक, पुल, खानेपानी आयोजना,सिंचाई आयोजना लगायतका संरचनाहरूमा पुर्याएको क्षतिको अनुगमन मूल्यांकन गरेर यथाशीध्र मर्मत, संभार र पुनर्निमाण गरी जनजीवन सामान्य अवस्थामा ल्याउन विशेष ध्यान दिन समेत अनुरोध गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma