Developed By Kuldeep Sharma

September 8, 2022

ताहाचलबाट मनि एक्सचेन्ज सञ्चालकको २० लाख लुटियो

काठमाडौं। काठमाडौंको ताहचलबाट एकजना मनि एक्सचेन्ज सञ्चालकले लुटिएको दाबी गरेका छन्।

गएराति ४ वटा मोटरसाइकलमा आएका लुटेराहरूले आफूलाई लुटेको मनि चेन्जर सञ्चालक प्रकाश श्रेष्ठले बताए। ठमेलस्थित ओरेन्टल मनि एक्सचेन्जका सञ्चालक श्रेष्ठले आफूलाई चारवटा मोटरसाइकलले पिछा गरेर २० लाख रुपैया लुटेर भागेको प्रहरीलाई बताएका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले लुटपाटबारे अनुसन्धान भइरहेको बताए । उनले भने-‘ठमेलबाट पछ्याएर ताहाचल नजिकबाट लुटेको पीडितले दाबी गरेका छन्, हामीले अनुसन्धान शुरु गरेका छौं।’

ठमेलबाट पछ्याएका लुटेराले म्हैपी पुगेपछि डल्लुको पुलतिर जान बाध्य बनाएको श्रेष्ठले प्रहरीलाई बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma