Developed By Kuldeep Sharma

November 17, 2022

एमालेले भक्तपुरमा मात्रै ६० हजार बढी मत ल्याउन्छ : नेता बस्नेत

काठमाडौं। नेकपा (एमाले)का पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले भक्तपुरबाट कम्तिमा ६० हजार मत ल्याई ऐतिहासिक जित निकाल्ने बताएका छन्।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि एमालेको सरकार बन्ने र पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने उनको दाबी छ।

र्वाचन परिचालन कमिटी भक्तपुर क्षेत्र नं १ ले आयोजना गरेको क्षेत्रीय चुनावी सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री बस्नेतले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै जनताले मंसिर ४ गते सूर्यमा भोट दिने र ६ गते रुखमा भोट दिने बताए।

प्रधानमन्त्री देउवाले केही समय अधि एक कार्यक्रममा मंसिर ४ मा हुने निर्वाचनलाई मंसिर ६ गते हुने भनि दिएको अभिव्यक्ति बारे बोल्दै उनले प्रधानमन्त्रीलाई निर्वाचनको मिति समेत जानकारी नहुने सुस्त दिमागको भएको उल्लेख गरे।

मुलुक निर्माणको लागि एमालेका अध्यक्ष केपी ओली जस्तो दुरदृष्टि भएको नेतालाई प्रधानमन्त्री बनाउनुपर्नेमा उनले जोड दिए।

प्रधानमन्त्री देउवाले लुम्बिनीमा आयोजित एक कार्यक्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथि भएको एक कार्यक्रममा स्टेजमा नै र्याल चुहाएको प्रशंगलाई कोट्याउँदै उनले प्रधामन्त्री देउवाले अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममा र्याल चुहाउने, निदाउने, सिंगान झार्नेलगायतका कार्यहरु गरी देशको नै बेइजत गरेको भन्दै बताए।

उनले भने, ‘युवा साथीहरुले भन्न थाल्नुभएको छ, ठिकै हो, ४ गते सूर्यमा भोट दिने हो।

मुलुकको विकास र समृद्धिको नायक, दुरदृष्टि भएको केपी ओलीलाई प्रधानमन्त्री बनाउने हो।

६ गते कांग्रेसको रुपमा भोट हाल्ने हो, निर्वाचन सकेपछि मतपेटिका गनेर खोली भएको मतपेटिकामा हाल्ने हो। र्याले र सिगाँन चुहाउने नेतालाई विदाई गर्ने हो।’

नागरिकता विधेयक, एमसीसी, एसपीपी जस्ता राष्ट्रघाती कार्य गर्ने गठबन्धन सरकार देश र जनताको पक्षमा नरहेको उल्लेख गर्दै उनले हिजो एमालेलाई प्रतिगमन भन्नेहरु राष्ट्रघाती रहेको तथ्य एक पछि अर्को गर्दै जनताले बुझ्दै गएको बताए।

गठबन्धनले देशलाई दिनानुदिन अधोगतिमा लान खोजेता पनि एमालेले सशक्त प्रतिवाद गरी दुर्घटनाबाट बचाइरहेको उनको दावी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma