Developed By Kuldeep Sharma

January 15, 2023

स्थानीय योजना सफल बनाउन पहल गर्छुः सांसद तामाङ

धादिङ। सासंद एवं पूर्वमन्त्री हितबहादुर तामाङले विकासका धेरै काम संघीय सरकारभन्दा स्थानीय र प्रदेश सरकारले गर्ने भएपनि केन्द्र सरकारबाटै योजना सफल बनाउन सघाउने प्रतिबद्धता जनाएका छन्।

आइतबार निलकण्ठ नगरपालिका फ्याक्से धादिङमा भएको गोरु जुँधाइ कार्यक्रममा प्रमुख वक्ताका रुपमा बोल्दै सांसद तामाङले स्थानीय योजनालाई सफल बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका हुन्।

‘हिजो संघीय सरकारले गर्ने गरेका ठुला ठुला योजना पनि प्रदेश र स्थानीय तहमा पठाइने गरेको छ’ उनले भने, ‘एक अर्ब १५ करोड बराबरको फक्सेटार धादिङबेसी सडक बनाउन संघीय सरकारले सम्बोधन गर्नुपर्छ भन्ने स्थानीयको मागलाई सम्बन्धित मन्त्री र सरकारसमक्ष लैजान पहल गर्ने प्रतिबद्धता जनाउछु’ ।
यसैबिच सांसद तामाङले चुनावका बेला भएको काँग्रेससँगको गठबन्धन काँग्रेसकै कारण तोड्नुपरेको बताएका छन्। चुनावअघि भएको सहमतीअनुसार काँग्रेसले सरकार गठन गर्न नमानेपछि एमालेसँग मिलेर सरकार बनाउनुपरेको प्रष्ट पारे। ‘हिजो काँग्रेससँग गठबन्धन गरेर चुनावमा भोट माग्न र जिताएर पठाउनुस् भन्यौँ तर जितेर गइसकेपछि सरकार बनाउनेक्रममा काँग्रेसले चुनावअघिको सम्झौता नमान्ने खेल खेलेपछि एमालेसँग गठबन्धन गरेर सरकार बनायौँ’ तामाङले भने । उनले संसदमा सबै दलले विस्वासको मत दिएर सरकार गठन भएकाले केन्द्रअनुसारको सहकार्य स्थानीय स्तरसम्म कायम राखेर विकासका योजनालाई सरकारसमक्ष ल्याउन स्थानीयलाई आग्रह समेत गरेका छन्।

धादिङको फ्याक्सेमा ८ वर्षदेखि हरेक वर्ष माघे संक्रान्तिका दिन गोरु जुँधाइ महोत्सव हुँदै आएको छ । यसवर्ष भएको महोत्सवमा ९ हल गोरु जुधाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma