Developed By Kuldeep Sharma

May 23, 2022

साढे १३ हजार मत गन्न बाँकी छँदै भरतपुरको उपमेयरमा अधिकारी विजयी

चितवन । चितवनको भरतपुर महानगरपालिकाको उपमेयर पदमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन्। मतगणना नसकिँदै उनले विजय हासिल गरेका हुन्।

भरतपुरमा १ लाख २७ हजार ५६६ मत खसेकोमा १ लाख १३ हजार ८७७ मत गणना सकिइसक्दा सत्ता गठबन्धनका उम्मेदवार चित्रसेनले ४७ हजार २२८ मत पाएका छन्। उनले १९ हजार ५१४ को मतान्तर बनाएका छन्।

अब १३ हजार ६८९ मत गन्न बाँकी हुँदा अधिकारीले १९ हजार बढी मतान्तर बनाइसकेकाले मतगणना सकिनुअघि नै विजयी भएकी हुन्। यस्तै भरतपुरमा सत्ता गठबन्धनकै मेयर उम्मेदवार रेनु दाहाल पनि जित नजिक पुगेकी छन्। यहाँ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेर चुनाव लडेको थियो।

अधिकारी कांग्रेस भरतपुर महानगर सभापति हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma