Developed By Kuldeep Sharma

May 21, 2022

गुल्मीमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा २ शिक्षक पक्राउ

काठमाडौं । छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गुल्मीमा दुई जना शिक्षकलाई पक्राउ गरेको छ।

सत्यवती गाउँपालिका हसरास्थित सत्यवती माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवराज खरेलले बताए।

शिक्षक निलकण्ठ बस्यालले २०७८ भदौ महिनादेखि र शिक्षक प्रकाश भट्टराईले २०७८ मार्ग महिनादेखि एक छात्रामाथि यौनजन्य क्रियाकलापका लागि फकाउने, बालयौन दुर्व्यवहार कार्यहरू गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको डीएसपी खरेलले बताए। उनले घटनाबारे अनुसन्धान भइहरेको जानकारी दिए।

बालिका करणी अभियोगमा म्यादी प्रहरी पक्राउ

यस्तै बालिका करणी गरेको अभियोगमा झापामा एक म्यादी प्रहरी पक्राउ परेका छन्। पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका-५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीले उनलाई शुक्रबार झापाको गौरीगञ्जस्थित-२ बाट ड्युटीमा रहेकै अवस्थामा पक्रिएको हो। उनले मंगलबार १४ वर्षीया ती बालिकालाई सोही वडास्थित गहते जङ्गलमा लगेर बलात्कार गरेको आरोप छ। पोखरेललाई प्रहरीले उदयपुर पठाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma