Developed By Kuldeep Sharma

December 23, 2022

सुर्खेतमा सवारी दुर्घटना‚ ७ जना घाइते

काठमाडौं। सुर्खेतमा मिनीबस दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। शुक्रबार बिहान पञ्चपुरी नगरपालिकाको बाबियाचौरबाट वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०२११ ख ०१६१ नम्बरको फोर्स गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

घाइते ३ जनाको सालकोट र ४ जनाको कालागाउँ अस्पतालमा उपचार भइरहेको प्रहरी कार्यालयका प्रहरी निरीक्षक पर्शुराम चौधरीले बताए। उनका अनुसार घाइते सबैको अवस्था सामान्य रहेको छ।

प्रहरीले चालक अम्मरबहादुर बुढालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma