Developed By Kuldeep Sharma

September 10, 2022

जसपाको दाङ जिल्ला कमिटी माओवादी केन्द्रमा समाहित

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) को दाङ जिल्ला कमिटी नेकपा माओवादी केन्द्रमा समाहित भएको छ।

जसपाको दाङ जिल्ला कमिटी एकसय ५३ सदस्यीय रहेकोमा एकसय ३० जना भन्दा बढीको संख्यामा माओवादीमा प्रवेश गरेको जसपा दाङका अध्यक्ष होमप्रसाद शर्माले जानकारी दिए।

शर्मासहित उपाध्यक्ष तथा राप्ती गाउँपालिका अध्यक्ष रणप्रसाद सुवेदी, जिल्ला सचिव लक्ष्मी चौधरी सहितको जसपाको जिल्ला कार्यसमिति माओवादी केन्द्र मा समाहित भएको हो।

यस्तै जसपाका केन्द्रीय सदस्य टोपवहादुर कार्की, प्रकाश चौधरी पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन्। नव प्रवेशीहरुलाई नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णवहादुर महराले स्वागत गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma