Developed By Kuldeep Sharma

September 12, 2022

जसपाका संघीय र प्रदेश सांसद एमालेमा प्रवेश

जनकपुरधाम। जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधि र प्रदेश सभा सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन्।

प्रतिनिधि सभा सदस्य रुही नाज र प्रदेश सभा सदस्य अञ्जुकुमारी यादव एमाले प्रवेश गरेका हुन्। एमाले प्रवेश गरेका दुबै जसपाका केन्द्रीय सदस्य पनि हुन्।

यस्तै, नेपाली कांग्रेसका पूर्व जिल्ला उपसभापति सन्तोष यादव, जसपाका केन्द्रीय सदस्य रामउदिन राम, शम्भु साह, पूर्व राज्यमन्त्री अरबिन्द साहसहितका पनि एमाले प्रवेश गरेका छन्।

जनकपुरधाममा भएको कार्यक्रममा उनीहरू सबैलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले माला तथा गमछा लगाएर पार्टीमा स्वागत गरेका छन्।

यस्तै ओलीलाई जनकपुरधाममा २०५ किलोको मालाले स्वागत गरिएको छ। एमालेको जनकपुरधाम नगर कमिटीका पदाधिकारीले अध्यक्ष ओलीलाई २०५ किलोको फूलको मालाले स्वागत गरेका हुन्।

नेपाली कांग्रेस पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका सन्तोष यादवले कांग्रेसले आफूलाई अवमूल्यन गरेका कारण पार्टी परित्याग गर्नुपरेको बताएका छन्।

कांग्रेस धनुषाका पूर्व सचिवसमेत रहेका उनले नेपाली कांग्रेसले गुटबन्दी गर्नेहरुको मात्रै मूल्याङ्कन गर्ने गरेको आरोप लगाए। उनले सत्तारुढ गठबन्धन विचार बेगर स्वार्थी गठबन्धनमा सीमित भएको बताए। उनले नेकपा एमाले मुलुकमा लोकप्रिय पार्टी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma