Developed By Kuldeep Sharma

August 24, 2022

श्रमदान नगर्ने विद्यार्थी परीक्षामा उत्तिर्ण नहुने नियम लागू गर्ने हर्क साम्पाङको घोषणा

काठमाडौं। स्वतन्त्रबाट चुनाब जितेका धरानका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमा लगातार विवादित अभिव्यक्ति दिन थालेका छन्।

काठमाडौंका मेयर बालेन्द्र साहविरुद्ध खनिँदै आएका साम्पाङले आज फेरि श्रमदानको बिषयमा विवादित टिप्पणी गरेका हुन्। फेसबुकमा स्टाटस लेख्दै उनले धरानमा श्रमदान नगर्ने विद्यार्थी परीक्षामा उत्तिर्ण नहुने नियम लागू गर्ने घोषणा गरेका छन्।

उनले फेसबुकमा भनेका छन्, ‘धरानको विकासका लागि श्रमदान नगरे कक्षा उत्तिर्ण नहुने नियम लागू गरिने छ।’ उनले श्रमदानको अर्थ बेस्सरी काममा जोत्ने भन्न नखोजेको पनि बताएका छन्। विद्यार्थीको सहभागीता प्रतिकात्मक हुने उनको भनाइ छ।

आफ्नो स्टाटसको आलोचना भएपछि साम्पाङले फेरि अर्को पुरक स्टाटस लेखेका छन्। त्यसमा उनले कक्षा ९, १०, ११ र १२ मा पढ्ने विद्यार्थीले वर्षमा ७ दिन सकेको श्रम गर्नुपर्ने उनले बताएका छन्। त्यो श्रम सरसफाइ, वृक्षारोपणलगायत जे पनि हुन सक्ने उनको भनाइ छ।

नेपालको कानूनले बाल श्रमलाई निषेध गरेकाे छ। १४ वर्षसम्मको बालबालिकालाई कुनै पनि किसिमको काममा लगाउने नपाइने तथा १४ देखि १८ वर्षसम्मका बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन नपाउने व्यवस्था बालश्रम निषेध र नियमित गर्ने ऐन २०५६ मा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma