Developed By Kuldeep Sharma

May 21, 2022

गठबन्धनलाई भोट दिएको भन्दै एमालेका कार्यकर्ताले एकल महिला कुटे

काठमाडौं । गठबन्धनलाई मत दिएको भन्दै धनकुटामा नेकपा एमालेका कार्यकर्ताले नेपाली कांग्रेसका कार्यकर्तालाई कुटपिट गरेका छन्।

सहिदभुमी गाउँपालिकामा गठबन्धनलाई मत दिएको भन्दै नेकपा एमालेका कार्यकर्ताहरूले कांग्रेस कार्यकर्तालाई कुटपिट गरेका हुन्। नेकपा एकीकृत समाजवादीका जेवी राईलाई मत दिएको भन्दै सहिदभुमी गाउँपालिका-६ सुके आहालमा एमालेका कार्यकर्ताहरुले ४६ वर्षीय बच्चिमाया राईलाई कुटपिट गरेका हुन्।

बच्चिमाया छिलिङ राईको उभौली चाडको लागि बुढौली खोज्न सुके आहाल गएकी थिइन्। उनलाई स्थानीय चन्द्रकुमारी राई, गुप्तामाया राई, ढम्बर कुमारी राई लगायतले गठबन्धनलाई भोटदिने भन्दै लछारपछार गरेका स्थानीय रुद्र राईले बताए।

बच्चीमायालाई लछारपछार गरी कुटपिट गर्ने सबै नेकपा एमालेका कार्यकर्ता रहेका र उनी नेपाली कांग्रेसकी क्रियाशील सदस्य भएको राईको भनाइ छ। आफुलाई कुटपिट गर्नेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको उनले बताइन्। उनी एकल महिला हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma